८ असार २०७७, सोमबार

एजेन्सी , ८ असार । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना संक्रमणबाट नाजुक अवस्थामा पुगेको विमारीका लागि डेक्सामेथासोन औषधिको उत्पादन वृद्धि गर्न माग गरेको छ ।

सस्तो र सबै ठाउँमा सहजै उपलब्ध हुने डेक्सामेथासोन कोरोना भाइरसबाट संक्रमित गम्भीररुपका विमारीको ज्यान बचाउन सहयोगसिद्ध बनेको डब्ल्युएचओको निष्कर्ष छ ।

बेलायती विशेषज्ञरुले पनि यो निष्कर्ष निकालेका छन् कि डेक्सामेथासोन औषधि कोरोनाविरुद्धको संघर्षमा ठूलो सफलता दिलाउन सक्षम भएको छ ।

कोरोना भाइरसविरुद्ध खोपको विकास भइनसकेको अवस्थामा डेक्सामेथासोन औषधि नै कोरोना विमारीका लागि जीवनदायिनी बुटी बनेको डब्ल्युएचओको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV