८ असार २०७७, सोमबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, ८ असार । नागरिकता ऐन २०६३ को संशोधन विधेयकमा राखिएको प्रावधानविरुद्ध तराई मधेशमा चौतर्फी विरोध बढदै गएको छ । विवाह गरेर नेपाल आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानको तराई मधेशमा सर्वत्र विरोध सुरु भएको हो ।

विरोधको क्रममा आज जनकपुरधाममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । विभिन्न पार्टीका महिला नेतृहरुको सहभागितामा आज (सोमवार) प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो ।

सडकमा बसेर सडक अवरुद्व गर्दै प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेको छ । विरोध कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य सञ्जय चौधरी, युवा नेताहरु नवीन यादव, प्रशान्त झासहित महिला नेतृहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रदर्शनकारीहरुले जनकपुरधामको भानुचौकस्थित मुख्य सडकमै बसेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV