८ असार २०७७, सोमबार
  • बालबिक्रम कार्की

रौतहट, ८ असार । रौतहट प्रहरीले गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर– ५ चन्द्रपुर सरकारी अस्पताल जाने भित्री सडक खण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराही निवासी २१ वर्षिय उमेश राना मगर र एक १७ वर्षिय नाबालाक रहेको प्रहरीले जनाएको छ ।

पल्सर मोटरसाइलकमा सवार उनीहरुलाई प्रहरीको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको हरियो रंगको जेब्रा झोला भित्र दुईवटा पोकामा गाँजा भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापालले जानकारी दिनुभयो ।

प्रहरीले वरामद गरेको गाँजाको परिणाम ९ किलो ३ सय ग्राम रहेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रहरीले उनीहरु सवार बा ६४ प ७३८१ नम्बर को पल्सर मोटरसाइकलमा पनि बरामद गरेको र यसबारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV