८ असार २०७७, सोमबार
  • सुरेश श्रेष्ठ

दाङ , ८ असार । नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ ले सरकारी विद्यालयको गतिविधि राजनीतिक दलको पार्टी कार्यालयबाट सञ्चालन भएको प्रति आपत्ति जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको माध्यमिक विद्यालय सेन्टर तुलसीपुरले विद्यार्थी भर्ना र पाठ्यपुस्तक नेकपाको पार्टी कार्यालयबाट गरिरहेको विषय सार्वजनिक भए पनि नेपाली काँग्रेस क्षेत्र नं ३ ले यसको विरोध गर्दै शैक्षिक गतिविधि पार्टी कार्यालयबाट नभएर शैक्षिक थलोबाट गर्न समेत आग्रह गरेको छ ।

नेपाली काँग्रेस दाङ क्षेत्र नं ३का क्षेत्रीय सभापति जगतबहादुर खडका, निर्वाचन क्षेत्र (क)का सभापति घनश्याम ढकाल, ९ख०का सभापति खिम बहादुर वलीले संयुक्त रुपमा विज्ञप्ती निकालेर यस्तो बताएका हुन ।

‘शिक्षा जस्तो गम्भीर विषयमा राजनीतिकरण गरिनु हुदैन, तुलसीपुरमा रहेको सरकारी विद्यालय सत्तारुढ राजनीतिक दल (नेकपा)को पार्टी कार्यालयमा सञ्चालन भएको खवरले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, माध्यमिक विद्यालय सेन्टर तुलसीपुरले नयाँ शैक्षिक सत्रको भर्ना र पाठ्यपुस्तक वितरण जस्ता कार्यक्रमहरु नेकपाको तुलसीपुरमा रहेको कार्यालयबाट हुनुले शिक्षालाई पार्टीकरण गर्ने प्रयास भएको हाम्रो बुझाई छ ।’

बालबालिकाको भविष्य जोडिएको शिक्षामा राजनीतिक सन्देश दिने गरी राजनीतिक दलको कार्यालयमा विद्यालय चनाउने कार्य प्रति हाम्रो घोर आपत्ति जनाउदै सत्ताको आडमा हुने यस्ता कार्यहरु तत्काल रोक्न र शिक्षालाई शैक्षिक थलोबाट नै सञ्चालन गर्न आग्रह गर्दछौ विज्ञप्तीमा भनिएको छ । तत्काल त्यस्ता कार्य रोक्न पनि आग्रह गरिएको छ ।

कलिला बालबालिकाहरुलाई जवर्जस्ती राजनीति सन्देश प्रवाह नगर्न पनि विज्ञप्तीमार्फत अनुरोध गरिएको छ । दलको कार्यालयबाट विद्यालयको गतिविधि सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई तत्काल कारवाही गर्न तुलसीपुर उपमहानगरपालिकासंग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV