८ असार २०७७, सोमबार

काठमाडौं, ०८ असार । कर्णाली प्रदेशमा सोमबार थप २६ जनामा कोरोना संक्रमण भएको पाइएको छ । यो सँगै कर्णली प्रदेशमा संक्रमितको संख्या १२८२ पुगेको छ । आज संक्रमित भएकाहरुमा सल्यानका ४ जना रहेका छन् ।

जसमा बनगाड कुविन्डे नगरपालिका ४ का २३ वर्षीय पुरुष सोही नगरपालिका ५ र ५ का २२, १८ र ३५ बर्षका पुरमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सबैभन्दा धेरै सुर्खेतका १८ जनामा सोमबार संक्रमण भएको पाइएको छ ।

उनीहरु बराहताल गाउपालिका १७ र ३० वार्षीय पुरुष रहेका छन् । त्यस्तै भेरीगंगा नगरपालिका १, २, ३, ६, ७, ९, १३ वडाका १६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ । विरेन्द्रनगर नगरपनलिका ३, ४ र ७ वडाका एकएक जना गरी तीन महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी दैलेखको नारायण नगरपालिका ६ का ३५ वर्षीया एक महिला ५, २८ वर्षीय पुरुषमा पनि संक्रमण भएको पाइएको छ ।

त्यस्तै हुम्लाको ताँजाकोट गाउपालिाका ६ का २५ वर्षीय एकजनामा पनि कोरोना संक्रमण भएको बिज्ञप्तिमा जनाइएको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ भने ५५१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । आज पुष्टि भएका कोरोना संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार भइरहेको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV