८ असार २०७७, सोमबार
  • भगतराम थारु

नेपालगञ्ज, ८ असार । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले लागू औषध दूव्र्यसनी ओसारपसार कारोबार नियन्त्रण र न्यूनीकरणलाई प्राथमिकता दिने बताउनुभएको छ ।

भर्खरै मात्र प्रमुख भएर आएका एसपी रानाले लागू औषध र सडक दुर्घटना न्यूनीकरण मुख्य प्राथमिकता राखेर काम थालनी गर्ने बताउनुभएको छ । प्रमुख भएर आएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै एसपी रानाले १७ बुँदे कार्ययोजना प्रथामिकतामा रहेको बताउनुभएको छ ।

एसपी रानाले १७ बुंँदे प्राथमिकताहरु सार्वजनिक गदै ३ महिना भित्र नतिजा दिने प्रातिबद्धता समेत उल्लेख गर्नुभएको छ ।
प्रहरीले अव हरेक नागरिकलाई छिटो छरितो सेवा प्रवाह, खुला सीमामा हुने अपराध, चोरी निकासी र आपराधिक गतिबिधि कडाईका साथ नियन्त्रण गरिने उहाँले जानकारी गराउनुभयो ।

एसपी रानाले कालो बजारी , गुण्डागर्दी, प्राकृतिक श्रोतको दोहन , घरेलु हिंसा लगायतका अपराधमा कानूनी कठोरता अपनाउने पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । प्रहरी युनिटहरुको स्तरोन्नति र सामाजिक सदभाव कायम राख्न उल्लेख्य भूमिका खेल्ने उहाँको प्रतिबद्धता रहेको छ ।

लागू औषध नियन्त्रणका लागि स्थानीय सरकारसंगको साझेदारमा बिद्यालयहरुमा लागू औषध दूव्र्यसन नियन्त्रणका लागि अलग्गै सचेतना जगाउने शिक्षकको व्यवस्था गर्न प्रयास गरिने बताउनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि बिभिन्न संघ संस्था र स्थानीय सरकारसंगको साझेदारमा सीसीटीभी क्यामेरा जडान गर्न पहल गरिने समेत उहाँले जोड दिनुभयो ।

मानव अधिकारको संरक्षण र संवद्र्धन, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र प्रभावकारी व्यवस्थापनमा पछि नपर्ने उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक ओमबहादुर राना मेट्रोबाट बाँंके जिल्ला प्रहरी प्रमुखमा सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV