८ असार २०७७, सोमबार

काठमाडौं, ८ असार । नेपाली काँग्रेसले वैवाहिक अंगीकृत नागरिकताको सात बर्षे प्रावधानबारे पुर्नविचार गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई चेतावनी दिएको छ ।
प्रावधानबारे गम्भीर असहमति रहेको जनाउँदै मुलुकलाई एकढिक्का बनाएर अघि बढाउन यस्ता विषयले भाँजो हाल्ने तर्क पनि काँग्रेसको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा आफ्नो धारणा राख्दै काँग्रेसका सांसद जितेन्द देवले वैवाहिक अंगीकृत नागरिकता सात बर्ष पछि दिनु न्यायसंगत नहुने बताउनु भयो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रावधान बहुमतले पारित गरेपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेस केन्द्रित दलहरुले यस्मा फरक मत जाहेर गरेका छन् ।

सांसद देवले भारतको विहार र उत्तर प्रदेशसंग वैवाहिक सम्बन्ध तोड्दा राष्ट्रियता बलियो हुन्छ भन्ने सोंच्नु अराष्ट्रिय चिन्तन भएको आरोप लगाउँदै यस्तो दरिद्र चिन्तनले राष्ट्रियता बलियो नहुने तर्क गर्नुभयो । उहाँले बहुमतको बलमा समितिबाट पारित प्रस्तावको प्रावधान लागू भए मुलुकमा साम्प्रदायिक दंगा भड्कने , मुलुक दुर्भाग्यमा फस्ने र अन्ततः मुलुक विभाजनसम्म जान सक्ने चेतावनी पनि दिनुभयो ।

नेपाल जस्तो दुई ठूला मुलुकबीचमा रहेको देश कुनै एउटा मात्र देशतिर ढल्कदै गएको निष्कर्ष सुनाउदै उहाँले दुबै देशसंग समदूरीको सम्बन्ध राख्न पनि सुझाव दिनुभयो ।
उहाँले नेपाल र भारतबीच सांस्कृतिक र सामाजिक सम्बन्ध कम्युनिष्ट र कांग्रेसले स्थापना नगरेको तर्क समेत राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV