८ असार २०७७, सोमबार

एजेन्सी, ८ असार । चीनको राजधानी बेइजिङमा कोरोना संक्रमणका घटनाहरु हिजो अस्तिको तुलनामा आज न्यून देखिएको छ ।

कोरोना संक्रमणका घटनाहरु देखिने वित्तिकै निकै कडाई गरिएको बेइजिङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ९ वटा घटनाहरु देखिएको छ ।

हिजो बेइजिङमा २२ नयाँ केसहरु फेला परेको थियो । बेइजिङमा दोस्रो पटक लगभग २ सय ३० वटा नयाँ घटनाहरू देखा परेका थिए । ती मध्ये धेरै जसो एक ठूलो खाद्य बजारसंग जोडिएको जनाइएको छ ।

लकडाउन खुकुलो र छिमेकी शहरहरूमा लागू गरिएको यातायात प्रतिबन्ध हटाएको कारण घटनाहरू बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV