८ असार २०७७, सोमबार

एजेन्सी,  ८ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुल बराबरीमा रोकिको छ । एभर्टनको घरेलु मैदानमा गएराति भएको खेलमा लिभरपुल गोलरहित बरामरीमा रोकिएको हो ।

उपाधिनजिक रहेको लिभरपुलले एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलको पुरै समय आफ्नो पक्षमा राखे पनि गोल गर्न भने सकेन । एभर्टनसँगको यस बराबरीसँगै लिभरपुलले उपाधिको लागि अझै बाँकी दुई खेल कुर्नुपर्ने भएको छ । ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक रहेको लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको अन्तर २३ अंकले बढाएको छ ।

यद्यपि सिटीले एक खेल कम खेलेको छ । लिभरपुलको ३० खेलबाट ८३ अंक पुगेको छ । यता एभर्टनको भने समान खेलबाट ३८ अंक जोड्दै तालिकाको १२ औँ स्थानमा छ ।

त्यस्तै आइतबार राति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेडमाथि सहज जित निकालेको छ । पारेको छ । १० खेलाडीमा समेटिएको सेफिल्डमाथि न्युक्यासलले ३-० को सहज जित निकालेको हो ।

यस जितसँगै न्युक्यासलले ३० खेलबाट ३८ अंक जोड्दै तालिकाको १३ औं स्थानमा उक्लिएको छ । यता पराजित सेफिल्डले भने पाँचौ स्थानमा उक्ले अवसर गुमाएको छ । सेफिल्ड ४४ अंक जोडेर सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV