७ असार २०७७, आईतवार
  • जनकबहादुर शाही,

हुम्ला, ७ असार । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खार्पूनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । प्रारम्भ सामाजिक संस्था–ललितपुर र आनी छोइङ डोल्मा फाउण्डेशनको आर्थिक सहयोग तथा खार्पुनाथ–५ का पर्यटन फोटोग्राफर देबेन्द्र शाहीको पहलमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

कोरोना महामारीविरुद्ध लड्न र रोकथाम तथा नियन्त्रणका लागि पालिकाका स्वास्थ्यकर्मीलाई सहज होस् भन्ने उद्देश्यका साथ गाउँपालिकालाई २० थान पीपीई सेट, केएन–९५ मास्क, सेनिटाइजर २४ थान, फस्र्ट एड किट्स गरी ३ लाख बराबरको स्वास्थ्य सामग्री हाँस्यकलाकार हरिबंश आचार्य र सामाजिक अभियन्ता तथा गायिका आनी छोइङ डोल्माले सहयोग गरेका हुन् ।

सेनिटाइजर बाहेक सबै सामग्री सिंगापुरबाट ल्याइएको फोटोग्राफर शाहीले बताए । उक्त स्वास्थ्य सामग्रीलाई काठमाडौंबाट सिमकोटसम्म फोटोग्राफर देबेन्द्र शाहीले पठाएका थिए ।

त्यस्तै, खार्पुनाथ २ का चन्द्र रावलले सिमकोटबाट खार्पुनाथ पालिका केन्द्र याङचु बजारसम्म पु¥याउन पहल गरी आइतबार एक कार्यक्रमका बीच गाऊपालिका अध्यक्ष कर्णबहादुर रावललाई हस्तानतरण गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट पालिकाबासीलाई बचाउन केही भएपनि सहयोग होस् भनेर स्वास्थ्य सामग्री सहयोग गरिएको प्रारम्भ सामाजिक संस्था ललितपुरका सल्लाहाकार हाँस्यकलाकार हरिबंश आचार्य र आनी छोइङ डोल्मा फाउण्डेशनका प्रमुख आनी छोइङ डोल्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV