७ असार २०७७, आईतवार
  • घनश्याम मिश्र,

जनकपुरधाम, ७ असार । जनताको भावना विपरीत नागरिकता विधेयक ल्याउन लागेको भन्दै जनकपुरमा आइतबार प्रदर्शन भएको छ ।

विपक्षी दल नेपाली कांँग्रेसका भातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संगठनको संयुक्त आयोजनामा सरकारले मधेशी जनताको भावना विपरीत यो विधेयक ल्याउन लागेको प्रदर्शन गरिएको हो ।

नेपाली कांँग्रेसको धनुषा जिल्ला कार्यालयबाट निस्केको जुलूस नगरको प्रमुख भागको परिक्रमा गर्दै स्थानीय शिव चोकमा गएर कोणसभामा परिणत भएको थियो ।

यता विधेयकको विरोध गर्दै जनता समाजवादी पार्टी नेपालले समेत जनकपुरमा विधेयकको प्रति जलाएर विरोध गरेको छ । प्रदेश सभाका सदश्य राम अशिश यादवको नेतृत्वमा निस्केको जुलुस जनक चोकमा पुगेर विधेयकलाई जलाएका छन ।

नेपाल–भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटी–बेटीको सम्बन्ध बिथोल्न यो नेकपाका सरकार लागेको जनता समाजवादी पार्टीका नेता प्रदेश सभा सदश्य राम अशिष यादवले आक्रोश व्यक्त गर्नुभयो ।

यता विधेयक कै विरोधमा सीके राउत नेतृत्वको जनमत पार्टीले समेत जनकपुरमा प्रदर्शन गरेको छ । नगर परिक्रमा गर्दै जनमत पार्टीका नेता कार्यकर्ताहरु जनकचोकमा पुगेर कोणसभा गरेका छन । ‘नेपाली नागरिकसंग विवाह गरेको विदेशी महिलालाई विवाहको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय महिला संगको बिभेद हो भन्दै नेताहरुले कड़ा विरोध जनाएका छन ।

भारत र नेपालबीच परापूर्वकालदेखि चल्दै आएको रोटी–बेटीको सम्बन्धलाई यो नयाँ नागरिकता कानूनले बाधा उत्पन्न गर्ने भएकोले यो विधेयक तत्काल फिर्ता गरिनु पर्छ भन्दै नेताहरुले कोणसभामा आक्रोश व्यक्त गरेका छन ।

चीनको इशारामा यो सरकारले भारतसंग सम्बन्ध तोड्नलाई नै यो नागरिकता विधेयक ल्याउन लागेको जनता समाजवादी पार्टीकी नेतृ बिभा ठाकुरले न्यूज २४ लाई बताउनुभयो ।
नेपाल र भारतको सम्बन्ध रामायण कालीन सम्बन्ध रहेको यो बेटी रोटीमा परिणत भए पछि अहिले आएर सरकारले यो नागरिकता विधेयक ल्याउन साथ सम्बन्धमाथि नै प्रहार हुने ठाकुरको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV