७ असार २०७७, आईतवार
  • तारा आचार्य,

विराटनगर, ७ असार । प्रदेश १ मा १५ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या जम्मा ४ सय ४८ पुगेको छ । आइतबार मोरङमा २ जना, झापामा ६ जना र सुनसरीमा २ जना र उदयपुरमा ५ नयाँ संक्रमित थपिएका छन् । जस्मा ७ जना महिला र ५ जना पुरुष रहेका छन् ।

नयाँ संक्रमित ९ जनाको कोशी अस्पतालको प्रयोगशाला ल्यावमा गरिएको परीक्षणमा पोजिटिभ पुष्टि भएको हो भने ६ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पोजिटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का जिल्लाहरुमा सवै भन्दा बढी झापा जिल्लामा मात्र १ सय ८४ जना संक्रमितहरु छन, भने मोरङमा १ सय १८ पुगेका छन् । यसै गरी सुनसरीमा ६५ पुगेको छ भने धनकुटामा ८ , भोजपुरमा ६, खोटाङमा ४, उदयपुरमा ५०, सोलुखुम्बुमा १, संखुवासभामा २ जना, तेह्रथुममा १ जना इलाममा २ जना, पाँचथर ३ र ताप्लेजुङमा ४ जना संक्रमितहरु रहेका छन् ।

विराटनगर सुन्दरहरैचा र धरानमा १ सय ८८ जना उपचाररत छन् । कोशी कोभिड विराटनगरमा ३२ जना, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैचामा ९४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत रहेका छन् ।

प्रदेश १ मा संक्रमिहरु थपिएसंगै निको भएर जानेहरुको संख्या पनि २ सय ३५ पुगेको छ । डिस्चार्ज हुनेहरुलाई होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिनुभयो । नयाँ संक्रमितहरुलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV