७ असार २०७७, आईतवार

एजेन्सी, ७ असार । इराकका सर्वश्रेष्ठ फुटबल खेलाडी अहमद राधीको निधन भएको छ । उनको निधन ५६ वर्षको उमेरमा भएको हो ।

अहमद राधीको निधन राजधानी बगदादको अस्पतालमा भएको हो । उनको गत साता कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उनले १९८२ र १९९७ बीच इराक राष्ट्रिय फुटबल टीममा खेल्दा ६२ गोल गरेका थिए ।

१९८६ मा उनले बेल्जियमविरूद्ध गोल गरेका थिए । जुन विश्वकपमा इराकको पहिलो र एकमात्र गोल थियो। उनको टोलीले उक्त खेलमा १ – २ ले पराजित भएको थियो तर अहमद एक राष्ट्रिय नायकको रूपमा उदाएका थिए ।

उनी १९८८ मा एशियाली प्लेयर अफ द इयर चयन भए। इराकमा अहिलेसम्म कोरोना संक्रमणको कुल केस २९ हजार भन्दा बढी छन्। त्यहाँ संक्रमणको कारण करिव १ हजार व्यक्तिको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV