७ असार २०७७, आईतवार

एजेन्सी, ७ असार । अमेरिकी कमेडियन र अभिनेता डैरिल लिन ह्यूलीमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ । उनी टेनेसीको स्ट्यान्डअप शोको बेला स्टेजमा ढलेका थिए ।

५७ वर्षीय ह्यूलीले कमेडी नाइट क्लबमा आफ्नो प्रस्तुति दिइरहेको समयमा आफूलाई चक्कर आएको बताए । एकदम थकाइ र शरीरमा पानीको कमी भएको कारण उनको त्यो अवस्था भएको जनाइएको छ । उपचारपछि उनलाई शनिवार अस्पतालबाट डिस्चार्ज गरेको छ ।

ह्यूलीले आफूलाई अस्पतालमा डाक्टले धेरै किसीमको टेस्ट गरेका गरेको र कोरोनाको पनि परीक्षण गरेको बताए । कारोनाका परीक्षणपछि आफूमा कोरोना पोजिटिभ भएको उनले ट्वीटरमार्फत बताएका हुन्।

हुलीले आफ्ना प्रियजनहरूलाई धन्यवाद दिँदै उनी १४ दिनसम्म आफ्नो होटलको कोठामा रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV