७ असार २०७७, आईतवार
  • मनिराज पाण्डे

कालिकोट, ७ सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको क्वारेन्टाइनबाट घर फर्किएका एक जना युवकको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका ५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

जेठ १६ गते भारतको हिमाचलबाट फर्किएका उनी छिन्चुको शारदा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेर जेठ २९ गते घर फर्किएका थिए । क्वारेन्टाइनमा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाइ घर पठाइएको भेरीगंगा नगरपालिका नगर उप प्रमुख रेणु आर्चाय ढकालले बताउनु भयो ।

उनलाई एक सातासम्म होम क्वारेन्टाइनमा बस्न भनेर घर पठाइएको थियो । युवकलाई एक्कासि झाडापखाला लागेपछि छिन्चुस्थित गणेश मेडिकलमा ल्याइएको र उपचारमै क्रममा उनको मृत्यु भएको उप प्रमुख आचार्यले बताउनु भयो ।

मृतकको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर पठाइएको छ । पीसीआर रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बताइएका छ ।

युवकको शव प्रहरीको निगरानीमा मेडिकलमै राखिएको छ । यसअघि सुर्खेतको पञ्चपुरी नगरपालिकामा आरडीटी गरेर घर पठाइएका एक युवकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV