७ असार २०७७, आईतवार

काठमडौं, ०७ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रायले दिएको जनकारी अनुसार आइतबार दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा स्याङ्जा जिल्लाका मात्रै १० जना रहेका छन् । उनीहरु चापाकोट नगरपालिकाका १८, २०, २१, २१, २१, २६, ३३ र ४६ वर्षका पुरुष साथै एकजना ३० वर्षकी महिला रहेकी छन् । त्यस्तैगरी गल्याङ नगरपालिकाका ४५ वर्षकी अर्की महिलामा पनि कोरोना संक्रमण भएको पाइएको छ । उनीहरुको पोखरा बिज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

नवलपरासी पूर्व गैडाकोट नगरपालिकाका एक १८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका पनि २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये एकजना पाेखरा महानगरपालिकाका ४० वर्षीय र मादी नगरपालिकाका १९ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै बाग्लुङका पनि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा गलकोट नगरपालिकाका १९, ३५ र २७ वर्षका पुरुष रहेका छन् । त्यस्तै बडिगाड गाउँपालिका ३० र जैमिनी नगरपालिकाका ४७ वर्षका पुरुष रहेका छन् । तनहुँका व्यास नगरपालिकाका ४७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका सबै भारतबाट भर्खरै नेपाल आएका गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV