७ असार २०७७, आईतवार
  • मनिराज पाण्डे

कालिकोट, ७ असार । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणबाट दैलेख २ जना, सुर्खेत २ जना र सल्यान ६ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणबाट रुकुम पश्चिमका १ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

आज सुर्खेत अस्पतालबाट ३ जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टरबाट ३ जना, नौमुले आइसोलेसन सेन्टर दैलेख ७ जना र जाजरकोट अस्पतालबाट १ जना गरी जम्मा १४ जना डिस्चार्ज समे भएका छन् ।

कर्णाली प्रदेशमा निकाे  हुनेको संख्या ५३१ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV