७ असार २०७७, आईतवार
  • मनिराज पाण्डे

कालिकोट, ७ असार । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत जुम्ला खण्डको दैलेख भेल्तडीमा शनिबार साँझ ट्रक दुर्घटना भएको छ । बाटो साँघुरो भएका कारण ट्रक राजमार्गबाट कर्णाली नदीमा खसेको बताइएको छ ।

सुर्खेतबाट कालिकोटका लागि दैनिक उपभोग्य सामानहरु बोकेर आएको भे १ ख २०६६ नम्बरको ट्रक भेल्तडीमा दुर्घना भएको गाडी धनी कर्ण केसीले बताउनुभयो ।

ट्रक दुर्घटनामा परी घाइते भएको चालक र सहचालकको स्थानीय मेडीकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरी वलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV