७ असार २०७७, आईतवार
  • शिव डुम्रे

बुटवल, ७ असार ।  रुपन्देहीको सियारी गाउँपालिका छपियामा पर्ने दानवखोला पार गर्न निर्माण गरिएको मोटरेबल पुल निर्माणकै क्रममा भाचिएकाे छ । पुल भाँचिँदा इन्जिनियर महेश्वर लम्साल घाइते भएका छन् । उनको हात भाँचिएको र उपचारको क्रममा लुम्बिनी सिटी अस्पतालमा रहेको सडक डिभिजन बुटवलले जानकारी दिएको छ ।

दयानगर-छपिया जोड्ने पुललाई निलगिरी नेशनल जेभीले निर्माणको ठेक्का पाएको थियो । हिजो रातिदेखि परेको अविरल वर्षाको कारण खोलामा आएको बाढीले पुललाई कमजोर बनाएको बताइएकाे छ । पुलमा एकमात्र स्ल्याब तयार भएकोले बाढीले कमजोर बनाई भाँचिएको सहायक इन्जिनियरले बताए ।

सडक डिभिजन बुटवल अन्तरगत निलगिरी नेशनल जेभीद्वारा निर्मित पुलको प्रीस्ट्रेसिङ्गको काम गर्दै गर्दा पुल भाँचिएको थियो ।
पुलमा कार्यरत अन्य मजदुर भने हाम फालेर बाँचेका थिए । नयाँ प्रविधिको पुल भनेर चिनिने यो पुलको प्रयोग नेपालको धेरै ठाउँमा असफलसिद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV