७ असार २०७७, आईतवार

एजेन्सी, ७ असार । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले रियल भालाडोलिडमाथि कठिन जित निकालेकाे छ । गएराति घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएकाे खेलमा भालाडोलिडमाथि एट्लेटिकोले १-० को कठिन जित निकालेकाे हाे ।

एट्लेटिकोलाई जित दिलाउनकाे लागि भिटोलोले एक गाेल गरे । उनले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गो नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले खेलको ८१औं मिनेटमा डिएगो कोस्टाको पासमा सहज गोल गरेका थिए ।

याे जितसँगै एट्लेटिको तेस्राे स्थानमा उक्लिएकाे छ । ३० खेलबाट एट्लेटिकोले ५२ अंक जाेडेकाे छ । समान ५२ अंक रहेपनि सेभिल्ला गोल अन्तरमा पछि रहँदै चौथो स्थानमा झरेको छ । भालाडोलिड ३३ अंक जोडेर १५औं स्थानमा छ ।

६५ अंकसहित बार्सिलाेना लिगकाे शीर्षस्थानमा छ भने एक खेल कम खेलेकाे रियल मड्रिड ६२ अंकसहित दाेस्राे स्थानमा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV