७ असार २०७७, आईतवार

काठमाडौं, ०७ असार । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा पनि आर्सनल ब्राइटनसँग पराजित भएको छ । ब्राइटनले आफ्नै मैदानमा आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।

यसअघिको भएको खेलमा म्यान्चेष्टर सीटीसँग आर्सनल पराजित भएको थियो । कोरोना भाइरसको महामारीका कारण स्थगित भएर संचालन भएयता भएको खेलमा सबै खेलमा आर्सनल पराजित भएको हो । गएरातिको खेलमा उसले हाफ समयसम्म बराबरी खेलेको थियो । तर दोस्रो हाफको ६८ औ मिनेटमा निकोलसले गोल गर्दै आर्सकनललनई अग्रता दिलाएको थिए ।

तर त्यो अग्रता लामोसमय टिकेन । ब्राइटनका लेविस डुंकले खेलको ७५ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि केही समय प्रतिस्पर्धात्मक बनेको खेलमा इन्जुरी समयसम्म आइपुग्दा ब्राइटनका निल मपेले निर्णयक गोल गर्दै आफ्नो टिमलाई अब्बल साबित गराए ।

जीतसँगै ब्राइटन ३२ अंकसहित लिगको १५ औं स्थानमा पुगेको छ । उता पराजित भएपनि आर्सनल नवौं स्थानमा रहेको छ । उसले ३० खेलबाट ४० अंक पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV