चितनवमा १७ वर्षीया सुत्केरी र १७ दिनको शिशु अलपत्र छोडेर युवा फरार



प्रकाशित मिति : Jun 20, 2020
  • केदार शर्मा,

चितवन, ६ असार । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् । विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएतापनि अहिले ति युवा फरार छन् ।

ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् । उक्त १७ वर्षी युवतीले शल्लेक्रियामार्फत् भरतपुर अस्पतालमा शिशुको जन्म दिएकी हुन् । अहिले सुत्केरी युवतीको अवस्था दयनीय छ । उनको डेरामा ७८ वर्षीया बुढी हजुरआमा र १७ दिनको शिशु छ ।

शिशुलाई पिलाउन आमाको दुध समेत राम्रोसँग नआएपछि ल्याक्टोजिन किन्ने समेत रकम नभएको युवतीकी हजुरआमाको भनाइ छ । सामान्य चिया पसल सञ्चालन गर्दै आँफ्नो जीवन चलाउदै आएका उनीहरु लकाडाउनका कारण आधापेट खाएर रात कटाउने गरेका छन् ।

लकडाउनका कारण उनीहरुको चिया पसल बन्द छ । ‘सानै उमेरमा नातिनीलाई प्रलोभनमा पारेर यो अवस्थामा ल्याउने केटा फरार छ । स्थानीयको सहयोगमा प्रहरीमा जाहेरी त दिएका छौं’, युवतीकी हजुरआमा भन्छिन् ।

चिया पसलबाट हुने आम्दानीले आँफ्नो पेट पाल्दै आएकी उनले बन्दले गर्दा ४ महिनासम्मको घर भाडा तिर्न नसकेको र खाने कुराको समेत अभाव हुन थालेको उनी बताउँछिन् । ‘यसरी सबै तिरबाट हामी गरीबलाईनै दैवले घेर्दा रहेछन्’, हजुरआमा रुदै भन्छिन् ।

‘अहिले मेरो नातिनीलाई विभिन्न बहानामा आमा बनाएर फरार भएका युवालाई प्रहरीले खोज्छौ त भनेको छ । नानितीको अवस्था नाजुक छ । डाक्टरलेल अप्रेसन गरेर पलातीनी निकाले । तर, अहिले आमाको दूध समेत नआउदा पलातिनीलाई के खुवाउने पिरलो छ । मसँग दुध किन्ने समेत पैसा छैन’ आँशु पुछ्दै भनिन् ।

खाद्यान्न र लत्ता कपडा सहयोग

सुत्केरी युवतीको बिचल्ली भएको खबर पाएलगत्तै बेवारिसेहरुको ब्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवनले खाद्यान्न सहयोग गरेको छ । शनिबार युवतीको डेरामा पुगेर चामल, नुन, तेल तथा केही लत्ता कपडा सहयोग गरिएको सामाजिक अभियान्ता श्रेया रिजालले जानकारी दिइन् ।

केन्द्रले आमाको दूध राम्रोसँग नआएको भन्दै ल्याकटोजिन किन्नको लागि केही नगद समेत सहयोग गरेको थियो ।

युवतीको अवस्था निकै दयनीय रहेको भन्दै युवतीलाई बिचल्लीमा पार्ने युवाको खोजी गर्न रिजालले सबैमा अपील गरेकी छिन । उनी आफै पनि सुत्केरी युवतीलाई व्यवस्थित स्थानमा स्थान्तरण गर्ने र युवालाई खोज्ने काममा लागेको उनको भनाइ छ ।

‘अहिले केही दिनको लागि पुग्ने खाद्यान्न सहयोग ग¥यौं, अब युवतीको न्यायको लागि लड्छौं’, रिजालले भनिन् । ति फरार युवाको घर भरतपुर क्षेत्रपुरमै भएको बुझ्न आएसँगै खोज्ने काम सुरु गरिएको रिजालले बताइन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com