कोरोनाबाट अब मुस्ताङ पनि अछुतो रहेन



प्रकाशित मिति : Jun 20, 2020
  • सुशीलबाबु थकाली

मुस्ताङ, ६ असार । मुस्ताङमा पनि एकजना व्यक्तिलाइ कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका अनुसार मुस्ताङका ८३ बर्षीय वृद्धलाई कोरोना संक्रमण देखिएको हो ।

घरपझोङ गाउँपालिका वडा नँ १ छैरो तिबेतियन क्याम्पका ८३ बर्षीय वृद्धलाइ कोरोना पोजिटिभ देखिए लगत्तै अहिले उक्त बस्ती सिल गरिएको छ ।

गत जेठ ३१ गते काठमाडौको बौद्धबाट मुस्ताङ आएका २० जना मध्ये १ जना वृद्धमा कोरोना पोजिटिभ देखिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले उनीसँगै आएका १९ जनाको आरडीटी नेगेटिभ देखिएको पनि बताउनुभयो ।

पीसीआर पोजिटिभ देखिएलगत्तै संक्रमित वृद्धलाई जिल्ला अस्पताल मुस्ताङको आइसोलेसनमा राखिएको छ ।
शनिबार साँझ मुस्ताङका वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी प्रदेशको ११ वटै जिल्ला कोरोनाबाट प्रभावित बनेको छ ।

८३ बर्षीय वृद्ध अशक्त भएकोले उनको साथमा ज्वाइलाई राखिएको थियो । ज्वाइको भने आरडीटी नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । उहाँले भोलि आइतबार बाँकी १८ जनाको स्वाब परीक्षण गरिने समेत बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com