६ असार २०७७, शनिबार

एजेन्सी, ६ असार । फ्रान्समा कोरोना महामारीबाट मानिसहरुको ज्यान गएको कारण आक्रोशित बनेका प्रदर्शनकारीहरूले स्वास्थ्य मन्त्रालयलाई रातो स्प्रेले रंगाएका छन् ।

प्रदर्शनकारीहरूले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको रगत देखाउनका लागि प्रदर्शन गरिरहेका थिए । सामाजिक मिडियामा सार्वजनिक गरिएको एउटा भिडियोमा एट्याच प्रोटेस्ट आन्दोलनका कार्यकर्ताहरूले पेरिसको स्वास्थ्य मन्त्रालयको कार्यालयमा स्प्रे गरिरहेका देख्न सकिन्छ ।

प्रदर्शनकारीहरूले भनेका छन्, हाम्रा स्वास्थ्यकर्मीहरूले वर्षौंदेखि अस्पतालहरूमा सुविधा छैन, स्वास्थ्यकर्मीसँग उपकरण छैन, भनेर चेतावनी दिएका छन् तर सरकारले सुन्दैन। ’

यद्यपि फ्रान्सेली सरकारले स्वास्थ्यकर्मीहरुलाई बोनस घोषणा गरेको थियो तर स्वास्थ्यकर्मीहरुले सरकारले वेवास्ता गरेको आरोप लगाउँदै विरोध गरे।

प्रतिक्रिया दिनुहोस्

LIVE TV