रुस, ईरान र इण्डोनेशियामा कोरोनाले आफ्नो प्रभाव झनै बढाउँदै



प्रकाशित मिति : Jun 20, 2020

एजेन्सी, ६ असार । रुसमा कोरोना भाइरसको कुल संक्रमित ५ लाख ७६ हजार ९ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक सय ६१ जनाको ज्यान गएको छ । यो संगै रुसमा कोरोनाबाट ज्यान जानेको संख्या ८ हजार २ जना पुगेको छ ।

त्यस्तै शनिबार ईरानमा २ हजार ३ सय २२ नयाँ कोरोनाको केस फेला परेको जनाइएको छ । यो संगै त्यहाँ २ लाख २ हजार ५ सय ८४ पुगेको बताइएको छ ।

२४ घण्टामा ईरानमा १ सय १५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अहिलेसम्म ९ हजार ५ सय ७ जनाको ज्यान गएको छ । इण्डोनशियामा कोरोना संक्रमणको जम्मा संख्या ४५ हजार २९ जना पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणको एक हजार २ सय २६ केस पुगेको छ । त्यहाँ हालसम्म २ हजार ४ सय ४९ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com