६ असार २०७७, शनिबार
  • सुमन कार्की,

पाल्पा, ६ जेठ । पाल्पामा छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणीको अभियोगमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार १३ वर्षीया बालिकालाई यौ’न दु’व्र्यवहार गरेको आरोपमा ७६ वर्षीय कुलबहादुर राना र आफ्नै छोरीलाई करणी गरेको अभियोमा बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

३१ वर्षीया अविवाहित छोरीलाई पटक–पटक डर–धम्कीको आधारमा करणी गरेको आरोपमा ५९ वर्षीय बुवा प्रहरीले नियन्त्रणमा लिएको हो । अभियुक्त ७६ वर्षीय वृद्ध रानाले बालिकाको संवेदनशील अंगमा समातेर यौ’न दु’व्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

इता, बावुले अविवाहित छोरीलाई डर–धम्की देखाएर पटक–पटक जबरजस्ती करणी गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रानालाई वाल यौ’न दु’व्र्यवहार सम्बन्धी र छोरीलाई करणी गर्ने बुबालाई आइतबार जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV