
- मनिराज पाण्डे
कालिकोट, ६ असार । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ ।
चीनसँग सिमाना जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको हो । हिल्सा नाकामा २५ जना सशस्त्र प्रहरी रहने गरी बिओपी स्थापना गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले जानकारी दिनुभयो ।
हिल्सा बिओपीमा इस्पेक्टरको नेतृत्वमा २५ जनाको टोली खटिएको छ । बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानूनी गतिविधिको निगरानी गर्ने भएको छ ।