६ असार २०७७, शनिबार

काठमाडौं, ६ असार । लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहनु भएकी प्रसिद्ध शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको ८९ बर्षको उमेरमा निधन भएको छ ।

शनिबार उहाँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा निधन भएको परिवारजनले जनाएका छन् । महिला शिक्षामा नेपालको अग्रण मानिएको पद्मकन्या क्याम्पसको स्थापनादेखि लिएर सोही क्याम्पसमा लामो समय क्याम्पस प्रमुख रहनु भएकी जोशीले नेपालमा छात्राहरुको शिक्षालाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।

सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा जन्मनु भएकी उहाँले विसं २००७ सालमा प्रवेशिका परीक्षण एसएलसी उतीर्ण गर्नु भएपछि भारतको बनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बीएसम्मको अध्ययन पूरा गर्नु भएको थियो ।

बेलायतबाट कानूनको अध्ययन पूरा गरी अधिवक्ता बन्ने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ भने क्याम्पस प्रमुख बन्ने पहिलो महिला पनि उहाँ नै हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV