६ असार २०७७, शनिबार
  • कृष्ण पाण्डे

गुल्मी , ६ असार । गुल्मीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर तीन हाडहाडेमा उक्त घटना घटेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिनुभयो ।

अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो । जीपमा ६ जना सवार रहेको बताईएको छ ।

जीपमा सवारमध्ये अन्दाजी वर्ष १८ धुर्कोट गाउँपालिका–३ का तुल्सीराम काउछाको मृत्यु भएको छ । त्यस्तै गम्भीर घाइते हुनेमा सोही स्थानकै चालक प्रदीप पुन र रमेश राना रहेका छन ।

उनीहरुलाई उपचारको लागि सन्धिखर्क पठाईएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक पंकज चुदालीले जानकारी दिनुभयो ।

अन्य ३ जना केशव काउछा, खिम बहादुर काउछा र विशाल काउछाको अवस्था सामान्य रहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV