६ असार २०७७, शनिबार

काठमाडौं,६ असार । शनिबार देशभरि नै संक्रमितको संख्या अघिल्ला दिनहरुको तुलनामा घटेको छ । यस अघि बिहीबार हालसम्मकै सबैभन्दा बढी ६ सय ७१ संक्रमित फेला पर्दा बुधबार पनि ५ सय ८६ जनामा संक्रमण पाइएको थियो ।

यी दुई दिनमा बढेको संख्या हेर्दा नेपालमा कोरोना संक्रमितको संख्याले ठूलो आकार छुने अनुमान गर्न थालिएको थियो । तर शुक्रबार ४ सय २६ संक्रमित फेला पर्दा शनिबार ३ सय ३१ संक्रमित मात्र फेला परेका छन् । शनिबार कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाहरुमा पनि संख्या निकै घटेको देखिएको छ ।

 

पछिल्लो २४ घण्टामा २४ वटा प्रयोगशाला मार्फत गरिएको ७ हजार ४ सय १८ पीसीआर परीक्षणबाट ३ सय ३१ संक्रमित मात्र भेटिनुलाई सकारात्मक रुपमा लिइएको छ । हुनत एकै दिनको तथ्यांकलाई आधार मानेर खुसी हुनु पर्ने अवस्था नरहे पनि शनिबारको संकेत सकारात्मकरुपमा लिनु पर्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

अझ पनि ठूलो संख्यामा पीसीआर परीक्षणको पहुँच पुग्न बाँकी नै छ । भारतबाट आउनेको संख्या घट्दै जानु र आकाशमार्गबाट आएकाहरुमा पनि अपेक्षाकृत कममा संक्रमण देखिनुलाई अर्को सकारात्मक पक्ष देखिएको छ ।

यता निको हुनेको संख्या पनि उल्लेख्य बढ्दा पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ७६ जना डिस्चार्ज भएका छन् । हालससम्म निको भएर डिस्चार्ज हुनेको संख्या पनि १ हजार ५ सय ८७ पुगेको छ । जस्मो पुरुष १ हजार ४ सय ७३ र महिला १ सय ४१ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV