६ असार २०७७, शनिबार
  • भगतराम थारु,

नेपालगञ्ज, ६ असार । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्न आएकी कोरोना संक्रमित महिलाले शनिवार बच्चा जन्माएकी छिन् । भीम अस्पताल सिद्धार्थनगर रुपन्देही रिफर भई उनलाई असार ६ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो ।

कृष्णनगर कविलवस्तुकी २७ वर्षीया महिलाले शनिबार बिहान ५ बजेर २५ मिनेटमा २ किलो ४ सय ग्राम तौल भएकी बच्चा जन्माएकी हुन् । एक महिना अगाडि भारतदेखि आएकी ती महिला २२ दिनदेखि बुटवलको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

उनको केही दिनअघि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । पेट दुखेर अस्पतालमा भर्ना भएकी उनी संक्रमित भएकै कारण डेलीभरी गर्न असहज मानेपछि भैरहवाको अस्पतालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरेको अस्पतालका उप निर्देशक डा। दिनेश श्रेष्ठले बताउनुभयो ।

शुक्रवार राति १ बजे रिफर गरिएकी संक्रमित महिला भएकै कारण ६ घन्टाको बाटोमा रिक्स लिएर अस्पतालसम्म पु-याएको जानकारी गराएको थियो । यसभन्दा अगाडि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा अछामदेखि आएकी गर्भवति महिलाको ठूलो आन्द्राको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV