६ असार २०७७, शनिबार
  • रामगोपाल तमखु,

भक्तपुर, ६ असार ।  भक्तपुरको क्वारेन्टाइनमा रहेको ७ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पुष्टि गरेको छ । कुवेतबाट फर्किएका भक्तपुरको नेपाल विद्युत प्राधिकारण तालिम केन्द्र खरिपाटीमा १ सय ३ जनाको बिहीबार कोभिड १९ संक्रमणको परीक्षणका लागि स्वाव संकलन गरेको थियो ।

जसमा आज ७ जना महिलामा कोराना भाइरस संक्रमण भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले आज पुष्टि गरेको हो । जस्मा मोरङका ४२ र ४१ बर्षीया महिला, कास्कीका २३ बर्षीया महिला नवलपरासी २९ बर्षीया, झापाका २८ बर्षीया, बाराका २८ बर्षीया ,सुर्खेतका २८ बर्षीया महिला रहेका छन् ।

बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको बीर दल गण सूर्य बिनायकका कर्णेल शिव पौडेलले जानकारी दिनुभयो । क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापन बीरदल गण सूर्य विनायकले हेर्दै आएको छ ।

त्यस्तै महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत संक्रमित प्रहरी कर्मचारीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरी ३८ जनाको स्वाब सकंलन गरी परीक्षण गरेकोमा परिवारको ८ जना र परिसरमा कार्यरत २१ जना कर्मचारीको रिपोट नेगेटिभ आएको महानगरिय प्रहारी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले जानकारी दिनुभयो । बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि उहाँले बताउनु भयो ।

गत बुधवार महानगरिय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत प्रहरीमा कोरोना भाइरस पुष्टि भएको थियो । उनलाई बुधवार कोरोना भाइरस संक्रमण पुष्टि भए पछि बुधवारबाटै सञ्चार शाखामा सिल गरिएको र त्यहाँ कार्यरत अन्य कर्मचारीलाई सञ्चार शाखामा नै क्वारेन्टाइन बनाएर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV