६ असार २०७७, शनिबार
  • सुमन कार्की,

पाल्पा, ६ जेठ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा पहिरो गएको छ । पहिरोका कारण जिल्लाका अधिकांश ग्रामीण सकडहरु अवरुद्ध भएका छन् भने, खेतिपातीमा समेत क्षति पुगेको छ ।

रातिदेखि परेको निरन्तर वर्षाका कारण माथागढी १ मा पर्ने खहरे खोलामा आवतजावत गर्नसमेत कठिन भइरहेको छ, भने लाखौंको धान तथा अन्यवाली डुवानमा परेको छ ।

जिल्लाको विभिन्न ठाउँमा पहिरो खस्दा केही समय बाटो अवरुद्ध बनेको थियो । अवरुद्ध बनेको बाटो अहिले स्थानीय र प्रहरीको सहयोगमा सूचारु गरिएको छ ।

माथागढी गाउँपालिका १ अगाहखोलास्थित सिद्धार्थ राजमार्गमा पनि पहिरो खसेको छ । माथिबाट खसेको पहिरोका कारण बाटो अवरुद्ध बनेको छ ।

अहिले एक तर्फीमात्र बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै तिनाउ गाउँपालिका ५ गौडेपुलस्थित सिद्धार्थ राजमार्गमा पनि पहिरो गएको छ ।

माथिबाट खसेको पहिरोले केही समय पूर्ण रुपमा सडक अवरुद्ध भएपनि स्थानीयको पहलमा अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।

पाल्पाको अन्नभण्डारको रुपमा चिनिने माडीफाटका अधिकांश भाग समेत डुवानमा परेर क्षति पु-याएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV