६ असार २०७७, शनिबार
  • सविन लामिछाने

दमौली, ६ असार । सरकारले केही हद सम्म खुकुलो पारेको लकडाउन पहुँच नहुनेहरुको लागि महँगो बन्न थालेको छ । शुक्रबारको दिन बन्दीपूर गाँउपालिका वडा नं ५ कल्चोकी २८ वर्षीया ज्योति सुनारलाई एक्कासि ब्यथा लाग्यो ।

उनको अफान्तले उनलाई अस्पताल सम्म लैजानको लागि एम्बुलेन्सलाई सम्र्पक गर्न खोजे, तर एम्बुलेन्सहरुले आफु व्यस्त रहेको भन्दै अन्यलाई सम्र्पक राख्न सुझाब दिए ।

विश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विरुद्ध सरकारले चैत ११ गते देखि जारी लकडाउन केही हद सम्म खुकुलो पार्नको लागि सरकारले निजी सवारी साधनलाई चल्न अनुमति दियो । तर सुनारसँग कुनै आफनो निजी सवारी साधन नभएको कारण उनी हिडेर नै अस्पताल पुग्नु पर्ने बाध्यत्मक परिस्थिति सृजना भयो ।

अस्पताल सम्म पुयाउने सवारी साधन नपाएपछि उनी हिँड्दाहिँड्दै बाटोमै सुत्केरी भईन। उनको घरबाट अस्पताल झन्डै १२ कि।मी टाढा पर्छ । आफनो घरबाट बन्दीपूर अस्पतालमा आउदै गर्दा बन्दीपूर गाँउपालिकाको गोरेटो बाटोमा लागेपछि बच्चा जन्मिएको सुत्केरीसँगै आएकी उनको कान्छी सासु आमा सावित्री सुनारले बताईन् ।

उनले भनिन्, “यस्तो परिस्थितिमा पनि बुहारीले नातीनी जन्माईन् । ” सुत्केरी भएको स्थान प्रसुति गृहबाट झण्डै चार किलोमीटर टाढा पर्छ । बच्चा जन्मिएको खबर आउनासाथ स्थानीय युवा तथा महिलाहरुको समन्वयमा उनको उद्धार गरिएको छ । बाटोबाट सीधै आमा र बच्चालाई घर ल्याइएको छ।

बच्चाको अवस्था सामान्य भए पनि आमालाई केही असजिलो भएको परिवारजनले जनाएका छन् ।आमाको अवस्था राम्रो रहेको हुनाले उनले बाटोमा नै बच्चा जन्माउन सकिन् । तर आमाको अवस्था राम्रो नभएको भए अकाल मै आमा र बच्चाको ज्यान जाने थियो ।

बन्दाबन्दीको समयमा आफु सँग निजी गाडी नभएको र पहुँच वाला व्यक्ति नभएको कारण यसो समस्या भोग्नु परेको उनी बताउन्छिन् । सरकारले केही हदसम्म खुकुलो पारेको लकडाउनले आम सर्वसाधरण भने अप्ठारो पारेको छ ।

यो अवस्था यहाँ मात्र नभएर देशको ग्रामीण क्षेत्रमा पनि रहेको छ । जसका कारण धेरै सुत्केरी आमा र बच्चाहरु मुत्युको मुखमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV