६ असार २०७७, शनिबार
  • मनिराज पाण्डे,

कालिकोट, ६ असार । कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका १९ र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा गरिएको परीक्षणबाट सल्यानका २६ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ । योसंगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ४५ पुगेको छ ।

यसैगरी आज सुर्खेत अस्पतालबाट ७ जना र लेखवेशी आइसोलेसन सेन्टर सुर्खेतबाट २ जनागरी कुल ९ जना डिस्र्चाज भएका छन् ।

कर्णाली प्रदेशमा डिस्र्चाज हुनेको संख्या ५ सय १७ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV