६ असार २०७७, शनिबार
  • रिदम सिंह,

बझाङ, ६ असार । बझाङ सदरमुकाम चैनपुर बजार अनुगमन गर्दा ७ बर्ष पहिले म्याद सकिएको अखाद्यवस्तु भेटिएको छ । लकडाउनको समयमा सदरमुकाम बजारमा म्याद गुज्रेका सामान बिक्री भइरहेको भन्ने गुनासो बढन थालेपछि अनुगमन समितिले अनुगमन सुरु गरेको हो ।


अनुगमनकाक्रममा पसलहरुमा मूल्य सूची नराखिएको, म्याद गुज्रेका सामान विक्री भइरहेको, उत्पादन मितिनै थाहा नभएको र पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन भईरहेको भेटिएको छ।

घरेलु तथा साना उद्योग विकास समिति बझाङको अगुवाईमा, जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणीज्य संघ, जिल्ला स्वास्थ्य कार्यालय लगायतको सक्रियतामा बजार अनुगमनलाई तिव्रता दिएको छ ।

 

अनुगमनका क्रममा बजारका किराना पसलहरुबाट ठूलो मात्रामा म्याद नाघेका खाने तेल, रेडबुल, डिउ, जुस, प्राउन चिप्स, चक्लेट, बिस्कुट, चोखोपन, सुजी, भुजिया, स्वयाविन, विभिन्न प्रकारका मसला लगायतका दैनिक उपभोग्य वस्तुहरु भेटिएका छन् ।

अधिकांस अखाद्यवस्तुमा उत्पादन मिति नभएको पाइएको छ ।
अखाद्य वस्तुको उपभोगबाट स्थानीयको स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै अनुगमन टोलीले सदरमुकाम बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले बजारका विभिन्न किराना पसलहरुबाट ७ बर्ष अघि म्याद नाघेका अखाद्यवस्तु तथा पेय पदार्थ बरामत गरी नष्ट गरेको छ ।

अनुगमनका क्रममा विभिन्न किराना पसलहरुबाट २ लाख भन्दा बढीको म्याद गुज्रिएको अखाद्य सामान भेटिएको जिल्ला प्रसासन कार्यालयका नायव सुब्बा राजेन्द्र बोहराले बताएका छन् । उनले उपभोक्ताहरुले गुनासो गर्न थालेपछि पसल अनुगमन गर्दा बजारका अधिकांश पसलमा म्याद गुज्रेका सामग्री पाएको जनाए ।

बजारका अधिकांस पसलमा अनुगमन गर्दा करिब २ लाख भन्दा बढी मूल्यका म्याद गुज्रेका अखाद्य सामग्री भेटिएको बोहराले बताएका छन् । उनले भने, हामीले सदरमुकाम क्षेत्रमा मात्र अनुगमन गरेका छौँ । सदरमुकाम जस्तो ठाँउमा यति ठूलो परिमाणमा म्याद गुज्रेका अखाद्यवस्तु भेटियो भने जिल्लाका अन्य ठूला व्यापारिक केन्द्रहरुमा कस्तो अवस्था होला ?

अनुगमनका क्रममा ७ बर्ष अघि म्याद नाघेका अखाद्यवस्तु पनि भेटिए । विस्कुट, चिजवल, लगायतका वस्तुहरुमा उत्पादन मिति नै राखिएको छैन । लकडाउनपछि बजारमा म्यदगुज्रियको अखाद्यवस्तु पाउन थालेको गुनासो बढेपछि अनुगमन टोलीले बजार अनुगमनमा तिव्रता दिएको बताइएको छ।

दैनिक उपभोग्य म्याद गुज्रिएका सामान नष्ट पारेपछि अनुगमन निकै प्रभावकारी भएको उपभोक्ताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV