६ असार २०७७, शनिबार
  • इर्फान अलि

बीरगञ्ज , ६ असार । पर्यावरण संरक्षणका विभिन्न मुद्दा लिएर आज वीरगञ्जमा लिभिङ विथ इन्भारोमेन्ट (वातावरण) जिउने आधार संस्थाले शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

संस्थाका पदाधिकारीहरूले निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र प्रदुषणको चपेटामा रहेको पर्साको सिर्सिया नदी लगायतका विषयहरूको मुद्दा समेट्दै वीरगञ्जस्थित घण्टाघर चोकमा भेला भई प्रदर्शन गरेका हुन् ।

‘एउटा बिरूवाले एउटा जीवन प्रोत्साहन गर्छ’ ‘पर्यावरणको सुन्दरता बचाउनु हाम्रो जिम्मेवारी हो ’ ‘वृक्ष संरक्षणलाइ प्रोत्साहन गरौं’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित लिभिङ विथ इन्भारोमेन्टले घण्टाघरमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

संस्थाका पर्सा अध्यक्ष रोहित वर्णवालको अध्यक्षतामा भएको प्रदर्शनमा संस्थाका पदाधिकारी सहित नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, नागरिक समाजका अगुवा डा.दीपक शाक्य, युवा अभियन्ता ओम प्रकाश सर्राफ, भोलुन्टियर समूह वीरगञ्जका संयोजक राजन श्रीवास्तव, कांँग्रेसका जिल्ला सभापति अजय द्धिवेदी, कांँग्रेसको नेता अरविन्द गुप्ता लगायतका सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै वक्ताहरूले पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकत्ता रहेको बताएका थिए ।वातावरण संरक्षणमा मानव जाति चुकेका कारण अहिलेको असहज परिस्थति श्रृजना भएको भन्दै वातावरणका लागि गम्भीर रूपमा सोच्ने समय आएको वक्ताहरुको भनाइ रहेको थियो ।

पर्साको लाइफलाइनको रूपमा रहेको सिर्सिया नदीको संरक्षणमा जुट्न महानगर लगायत सम्बन्धित पक्षलाई नेपाली काँग्रेस पर्साका सभापति अजय द्धिवेदीले अपील गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV