६ असार २०७७, शनिबार

एजेन्सी, ६ असार । पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको संक्रमणको दोस्रो चरण सुरु हुन लागेको जनाइएको छ।

यद्धपि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले यो डर अत्याधिक भएको भन्दै अमेरिकी जनतालाई डर देखाउन सञ्चार माध्यमहरुले डरलाग्दो भविष्यवाणी गरेको आरोप लगाए ।

अमेरिका संसारमा सबैभन्दा बढी संक्रमण भएको देश हो । जहाँ २२ लाख भन्दा बढीमा संक्रमण पाइएको छ । जुन सम्पूर्ण विश्वको एक चौथाई हो ।

मार्चको अन्त्यसम्म, स्थिति बिग्रिएको थियो, तर मेमा, संक्रमणका घटनाहरू घट्न थाले र धेरै राज्यहरूमा प्रतिबन्धहरू शिथिल पारिएको छ।

केही राज्यहरुमा संक्रमणका घटनाहरू २० हजार भन्दा कममा झरेको छ । केही राज्यहरूले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेका छन् भने केही राज्यहरूले मात्र यस घटनामा वृद्धि भएको देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV