६ असार २०७७, शनिबार

एजेन्सी, ६ असार । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार भन्दा बढी कोरोना भाइरसको संक्रमित फेला परेको तथ्यांक बाहिर आएको छ ।

संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १४ हजार ५ सय १६ जनामा संक्रमण पाइएको छ भने ३ सय ७५ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टाको कोरोनाको संक्रमितसंगै भारतमा अहिलेसम्म ३ लाख ९६ हजार एक सय ८२ पुगेको छ ।

त्यस्तै ज्यान जानेको संख्या १२ हजार ९ सय ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV