६ असार २०७७, शनिबार

एजेन्सी, ०६ असार । भारतमा तलब मागेको भन्दै श्रमिकलाई कुकुर लगाएर टोकाइएको हास्यपद घटना सार्वजनिक भएको छ । भारतको जोधपुरको एक रेष्टुरेन्टमा कार्यरत एक श्रमिकलाई आफूले पाउनु पर्ने तलव माग्दा कुकुर लगाएर टोकाएको खुलाएका छन् ।

कल्याण सिंह नाम गरेका श्रमिकले अघिल्लो महिना काम गरेको तलव माग्दा रेष्टुरेन्टका मालिकले आफ्नै घरको कुकुर बोलाएर टोकाएको उनको भनाइ उदृत गर्दै विभिन्न एजेन्सीहरुले समाचार लेखेका छन् । कुकुरको टोकाइबाट ती श्रमिक गम्भीर घाइते भएका छन् ।

उनले आफूमाथि अन्याय भएको भन्दै महामन्दिर प्रहरी चौकीमा उजुरीसमेत दर्ता गराएका छन् । उजुरीमा मालिकमाथि कारवाही र आफूले पाउनुपर्ने पारिश्रमिक दिलाइदिन पनि माग गरेको उल्लेख गरेकाे बताइएकाे छ । प्रहरीले  घटनाबारे छानबिन सुरू भएकाे बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV