गजल : डेटिङ सेटिङ गर्ने कुरा…



प्रकाशित मिति : Jun 20, 2020

  • नारायण नेपाल

नजरले नजर क्याच गर्नुपर्छ,
यो दिल त्यो दिल म्याच गर्नुपर्छ !

कहिले तनको कहिले मनको,
जोबनको मस्ती ह्याच गर्नुपर्छ !

आऊ न गरौँ डेटिङको सेटिङ,
अरूको नजर ल्याच गर्नुपर्छ !

जीवनमा छर्न मायाको जादु,
रेशमी सपना प्याच गर्नुपर्छ !

बराला होला दिल बैरी भन्छन्,
दुई मिली यस्लाई र्‍याच गर्नुपर्छ !


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com