६ असार २०७७, शनिबार

काठमाडाैँ, ६ असार । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पछिल्लाे समय कोरोना भाइरस (कोभिड– १९) का केसहरू विश्वमै सर्वाधिक फेला परिरहेका छन् । महामारीको नयाँ केन्द्र बनेकाे ब्राजिलमा सबैभन्दा बढी संक्रमित रहेकाे संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका हुन् ।

ब्राजिलमा शुक्रबार एकै दिन हालसम्मकै बढी दैनिक नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । यससँगै ब्राजिलमा काेराेना संक्रमित कुल संख्या १० लाख नाघेकाे छ ।

शुक्रबार ब्राजिलमा एकै दिन ५५ हजार २०९ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण शुक्रबार त्यहाँ एकै दिन १ हजार २२१ जनाकाे ज्यान गएकाे छ । याे दैनिक संक्रमण र मृत्यु विश्वका अन्य देशकाे भन्दा सबैभन्दा बढी हाे ।

कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा शनिबार बिहानसम्म जम्मा संक्रमित संख्या १० लाख ३८ हजार ५६८ पुगेकाे छ । त्यहाँ अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या  पनि ४९ हजार ९० पुगेकाे छ ।

यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये ५ लाख २० हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । शुक्रबार मात्र एकै दिनमा त्यहाँ १६ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । त्यहाँ हाल ४ लाख ६९ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ ।

उता विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यु रहेकाे संयुक्त राज्य अमेरिकामा शुक्रबार ३३ हजार ५३९ नयाँ संक्रमित थपिएका छन् भने ७१९ काे ज्यान गएकाे छ । यससँगै अमेरिकामा कुल संक्रमित संख्या २२ लाख ९७ हजार १९० पुगेकाे छ भने कुल मृतक संख्या पनि १ लाख २१ हजार ४०७ पुगेकाे छ ।

तर त्यहाँ हालसम्म ९ लाख ५६ हजारभन्दा बढी मानिस संक्रमणमुक्त समेत भइसकेका छन् । शुक्रबार मात्रै त्यहाँ २५ हजारभन्दा बढी मानिस निकाे भएका छन् । हाल अमेरिकामा १२ लाख १९ हजारभन्दा बढी मानिसमा काेराेना भाइरसक सक्रिय छ, जसमध्ये १६ हजारबढीकाे अवस्था गम्भीर रहेका्रे जनाइएकाे छ ।

बढी प्रभावित देशकाे पछिल्लाे अवस्था-

प्रतिक्रिया दिनुहोस्

LIVE TV