बार्सिलोना सेभियासँग बराबरीमा रोकियो, सोझो फाइदा रियल मड्रिडलाई



प्रकाशित मिति : Jun 20, 2020

एजेन्सी, ६ असार । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना सेभिल्लासँग बराबरीमा रोकिएको छ । गएराति सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा गोलरहित बराबरी खेल्दै एक एक अंक बाँढेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि शिर्ष स्थानको बार्सिलोनाले सेभियासँग अंक बाँढ्न बाध्य भयाे । यसको सोझो फाइदा अब दोस्रो स्थानको रियल मड्रिडलाई पुग्ने भएको छ । उपाधि दाबेदारमा रहेको रियललाई यस नतिजाले झनै बलियो दाबेदारको रुपमा अगाडि ल्याएको छ ।

दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि गोल गर्न चुकेको थियो । खेलको पूरै समय बार्सिलोनाले पकड जमाएकाे थियाे ।

याे खेलसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक जाेडेकाे छ । दोस्रो स्थानको रियल म्याड्रिडको २९ खेलमा ६२ अंक रहेको छ । रियलले आइतबार रियल सोसीडाडविरुद्ध जित हासिल गरे अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ । सेभिल्ला ३० खेलमा ५२ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com