५ असार २०७७, शुक्रबार

काठमाडौं, ५ असार । भारी वर्षातका कारण काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारको बाहिरी क्षेत्रमा रहेको जीर्ण भवन भत्किएको छ । शुक्रबार (आज) राति ९ः३५ बजे उक्त भवन भत्किएको जानकारी गराइएको छ ।

कारागार प्रशासनका अनुसार उक्त भवनमा ६ सय १२ जना कैही रहेका थिए । उक्त भवन भत्किएपनि कुनै पनि थुनुवा कैदीबन्दी भने भाग्न नपाएका जानकारी गराइएको छ ।

भीआईपी कैदी रहेका सो पूरानो भवनको गाह्रो भत्किएर विजुलीको तार थिच्दा ट्रान्समिटर पड्किएको जानकारी गराइएको छ । उक्त भवन भत्किएसँगै डिल्ली बजारको बाटो अवरुद्ध भएको छ । अहिले जेसीबीको सहायतामा बाटो खाली गरिदै गरेको जनाइएको छ ।

विजुलीको ट्रान्समिटर पड्किएको कारण सो क्षेत्र अहिले अन्धकारमय बनेको छ । उक्त भवनमा भीआईपी कैदीहरु रामचन्द्र प्यासी, पूर्व डीआईजी रञ्जन कोइराला, सांसद रेशम चौधरी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV