सुशान्तको निधनपछि तनावमा परेका करणले ट्विटरबाट गरे सयौं चलचित्रकर्मीलाई अनफलो



प्रकाशित मिति : Jun 19, 2020

एजेन्सी,५ असार। बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि भारतमा धेरै टिका टिप्पणीहरु चलिरहेको छ । ठूला ठूला बलिउड स्टारहरुमाथि त्यहाँकै कतिपय कलाकारहरुले विभिन्न आरोपहरु लगाइरहेका छन् ।

सुशान्तको फ्यानहरुले कतिपय ठूला स्टारहरुको त पुत्लानै बनाएर जलाएका छन् । यस्तै आरोपमा बलिउड फिल्म निर्देशक करण जौहर पनि परेका छन् । उनीमाथि आरोप आउन थालेपछि उनले आफ्नो ट्विटरबाट सयौं चलचित्रकर्मीको अकाउन्ट ‘अनफलो’ गरेको जनाइएको छ।

बलिउडमा सुशान्तलाई स्थान नदिएको भन्दै करणको एकदमै आलोचना भइरहेको छ। त्यति मात्र नभइ अदालतमा एक वकिलले करणसहित आठ जनालाई सुशान्तको मृत्युको कारणु भन्दै फौजदारी मुद्दा पनि हालिसकेका खबर बाहिरिएको छ।

उनीमाथि आरोपहरु आउन थालेपछि उनलाई सामाजिक सञ्जालमा फलो गर्नेहरुलाई धमाधम अनफलो गरेका छन्। अहिले उनका एक लाखभन्दा बढी फलोअर कम भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ।

भारतीय सञ्चार माध्ययमहरुका अनुसार करणले पनि आफूले ट्विटरमा फलो गर्ने धेरैलाई अनफलो गरेका छन् । हाल करणको ट्विटर अकाउन्टबाट जम्मा आठ वटा अकाउन्टलाई मात्र फलो गरिरहेका छन् । तिनीहरुमध्य चलचित्र क्षेत्रका अमिताभ बच्चन, शाहरुख खान र अक्षय कुमारलगायत रहेका छन् ।

करणले ति तीन जना बाहेक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बाँकी तीन अकाउन्ट उनकै धर्मा प्रोडक्सन हाउसका रहेका छन् । र एक जना अपूर्व मेहता छन् । उनी पनि धर्मा प्रोडक्सनकै सिइओ हुन्।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com