कोरोना महामारीले असर पारेका व्यवसायीहरु चाँडै सफल बनुन् : महारानी एलिजाबेथ



प्रकाशित मिति : Jun 19, 2020

एजेन्सी, ५ असार । शुक्रबार बेलायती महारानी एलिजाबेथ द्धितीयाले कोरोना महामारीको समयमा विश्वभरिका व्यवसायीहरूलाई धन्यवाद दिएकी छन्।

उनले ब्रिटिश चेम्बर अफ कमर्सलाई दिएका सन्देशमा भने, ‘देशभरका सबै व्यवसायहरू पुनः सुरु भएपछि म उनीहरुलाई सबैलाई राम्रो काम र व्यापार समुदायलाई सहयोग पु¥याउने कामना गर्दछु । ’

उनले भनिन्, ‘ धेरै मानिसहरुको लागि यो गाह्रो समय हो। यस्तो अवस्थामा, धेरै साना र ठूला व्यवसायहरूको प्रतिक्रिया र उदारता भूल्न नसिकने छ, चाहे यसले स्वास्थ्य क्षेत्रलाई समर्थन गरिरहेको होस् वा कमजोर समुदायहरूलाई मद्दत गर्ने , म चाहन्छु कि सबै व्यवसायहरु आउने हप्ताहरु र महिनाहरुमा तिनीहरुको प्रयासमा सफल होस् ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com