ईरानमा पछिल्लो २४ घण्टामा २६ सय बढीमा कोरोना संक्रमण देखियो



प्रकाशित मिति : Jun 19, 2020

एजेन्सी, ५ असार । ईरानले कोरोना भाइरस संक्रमणको पछिल्लो तथ्यांक जारी गरेको छ ।

नयाँ तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ईरानमा संक्रमणको २ हजार ६ सय १५ नयाँ घटनाहरू सार्वजनिक भएका छन् ।

ईरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पछिल्लो २४ घण्टामा संक्रमणका कारण १२० जना मानिसको मृत्यु भएको पनि जनाएको छ ।

ईरान महामारीको सुरुआतको समयमा सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक थियो।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com