‘उत्ताउलो तिम्रो जवानी’ बजारमा (भिडियो)



प्रकाशित मिति : Jun 19, 2020
  • बसन्त लिम्बू,

ताप्लेजुङ, ५ असार । ताप्लेजुङको विभिन्न क्षेत्रमा छायाँङ्कन गरिएको ‘उत्ताउलो तिम्रो जवानी’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । निर्माण टिमले खबर अफ नेपाल युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा खुल्ला युगल डान्स प्रतियोगितका विजेता तथा सञ्चारकर्मी पदम श्रेष्ठ, विनु तामाङ र रीना गुरुङको अभिनय रहेको छ । मेची तारा २०७१ सिजन २ का उपविजेता विशाल लिम्बूको स्वर रहेको उक्त गीतलाई रमेश सुनुवारले संगीत भरेका छन् ।

सेगुना मिडिया हाउस ताप्लेजुङको व्यानरमा तयार भएको भिडियोको छायाँङ्कन, सम्पादन र रिलिज ताप्लेजुङबाट नै गरिएको हो । पेम्बा लामाको निर्देशनमा तयार भएको भिडियोमा लामा आफैले क्यामरा छायाङ्कन गरेका हुन् ।

जिल्लामा डान्स सेन्टर सञ्चालन गर्दै आएका लामाले आधा दर्जन भिडियोमा अभिनय गरिसकेका छन्, भने फिल्ममा समेत अभिनय गरेका छन् । यस अगाडि उनले ३ वटा भिडियोमा अभिनय गरिसकेका मोडल पदम श्रेष्ठ भने खुल्ला युगल डान्स प्रतियोगितका विजेता हुन ।

श्रेष्ठ क्रियाशील सञ्चारकर्मी समेत हुन् । आगामी दिनमा पनि जिल्लाभित्र नै अन्य भिडियोहरु उत्पादन गरिने सेगुना मिडिया हाउसले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com