५ असार २०७७, शुक्रबार

काठमाडौं, ५ असार । प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा कोरोना संक्रमणका कारण उत्पन्न समस्या र व्यवसाय सञ्चालनमा आएको समस्या समाधानका लागि ठमेल पर्यटन विकास परिषद्ले पहल थालेको छ । परिषद्ले घरधनी र पर्यटन व्यवसायीबीच समन्वय गराएर समस्या समाधानको प्रयास थालेको हो ।

यसका लागि ठमेल पर्यटन विकास परिषदका अध्यक्ष प्रकाश नरसिंह राणाको पहलमा उपाध्यक्ष भवी शर्माको संयोजकत्वमा ९ सदस्यीय ‘घरभाडा समायोजन समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा बद्री तिमिल्सिना, पुन्यराम लगेजु, अशोक थापा, दिनेश श्रेष्ठ, राजन श्रेष्ठ, रुपेश गुरुङ, कर्मा घले र केशव बस्नेत रहेका छन् ।

समितिले हालको अवस्थामा घर भाडा समायोजन, बैंकको ब्याज मिनाहा, किस्ता तिर्ने समय बृद्धि, विद्युतको महसुल मिनाहा, इन्टरनेट सेवा शूल्क छुट गर्न व्यवसायी र घर धनीहरुसँग छलफल गरी साझा धारणा बनाइने बताइएको छ । समितिले पर्यटन व्यवसायी र घरधनीहरुको सुझाव र तथ्यांक संकलन सुरु गरेको जानकारी गराएको छ ।

व्यवसायी र घरधनी दुबैलाई समस्या नपर्ने गरी समन्वयका लागि समितिले पहल गर्नुका साथै समितिले हाल तथ्यांक र सुझाव संकलन गरिरहेको छ ।

महामारीबाट उत्पन्न परिस्थितिमा पर्यटन व्यवसायी र घरधनीबीच समन्वय गराई मध्यमार्गी समाधान खोज्ने सदस्य दिनेश श्रेष्ठले जनाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV