अमेरिकामा अब कडा ढंगको लकडाउन आवश्यक छैन : डा.एन्थिनी फाउची



प्रकाशित मिति : Jun 19, 2020

एजेन्सी, ५ असार । अमेरिकाको शीर्ष स्वास्थ्य विशेषज्ञ डा एन्थिनी फाउचीले अब अमेरिकामा कडा ढंगको लकडाउनको आवश्यकता नभएको बताएका छन् ।

उनले समाचार एजेन्सी एएफपीलाई भने, ‘मलाई लाग्दैन कि हामी फेरि लकडाउन लागू गर्ने बारेमा कुरा गर्नेछौं, हामी यो कुरामा गम्भीर भएका छौं कि कसरी संक्रमण फैलिएको क्षेत्रमा संक्रमणलाई नियन्त्रण गर्ने ’ न्यूयोर्कमा संक्रमित हुनेहरू न्यूयोर्कमा सबैभन्दा बढी छ ।

यद्यपि संक्रमण यहाँ नियन्त्रण गरिएको छ, तर केसहरू अझै अन्य भागहरूमा बढ्दो छ। उनले अमेरिकामा संक्रमणको केस नभएको स्थानहरुमा विद्यालय खोल्न सकिने पनि बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com